झापामा ३ बर्षीय बालकको पानीमा डुबेर मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–११ मा ३ बर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आज प्रबिन मुर्मुका छोरा ऋषि मुर्मुलाई आफन्तले फेला पारेका हुन् ।
प्रहरीका अनुसार तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी अस्पताल बिर्तामोड लगिएपनि अस्पताल पुर्याउना साथ बालकको मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय अनारमनीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानाएको छ ।








प्रतिक्रिया राख्नुहोस्