तपाईँ सुन्दै हुनुहुन्छः

गत आर्थिक बर्ष सरकारको कुल आम्दामी १ हजार १ सय १० अर्ब

काठमाडौं । साउन १ गते आजदेखि नेपालमा आर्थिक बर्ष २०७७।०७८ आरम्भ भएको छ । आजैदेखि हालै संघीय संसदले पारित गरेको आर्थिक बर्ष २०७७।०७८को आय व्यय सहितको विवरण बजेट पनि कार्यान्वयनमा आएको छ ।

गत आर्थिक बर्ष नेपाल सरकारको कुल आम्दामी १ हजार १ सय १० अर्ब भएको थियो ।

गत आर्थिक बर्षमा राजस्व तर्फ कर र गैर कर गरी कुल ८ सय ४१ अर्ब संकलन भएको छ ।

गत बर्ष सरकारले आन्तरिक ऋण १ सय ९४ अर्ब रुपैया लिएको छ भने विदेशी ऋण १ सय ३३ अर्ब रुपैया लिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यस अवधीमा सरकारले लगानी गरेको १ अर्ब ३० करोड आन्तरिक ऋण फिर्ता गरेको छ भने अनुदान १८ अर्ब ८२ करोड प्राप्त गरेको छ ।

गत बर्ष सरकारले चालू खर्च ७ सय ८६ अर्ब ५१ करोड, पूजीगत खर्च १ सय ९२ अर्ब र वित्तिय खर्च १ सय १६ अर्ब गरी कुल खर्च १ हजार ९४ अर्ब ३२ करोड भएको महालेखा नियन्त्रक गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

गत बर्षको खर्चको आधारमा चालु खर्च ८२ प्रतिशत, पूजीगत खर्च ४७ प्रतिशत र वित्तिय खर्च ६० प्रतिशत भएको पनि महालेखा नियन्त्रक मैनालीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button