तपाईँ सुन्दै हुनुहुन्छः

फिफाको वरीयतामा नेपाल यथावत, दक्षिण एसियाली राष्ट्रमा तेस्रो स्थानमा

 

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ८ औं स्थानमा रहेको छ । यस्तै माल्दिभ्स १५५ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छ । भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको छ । जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन । मार्चबाट अन्तर्राष्ट्रिय खेल नहुँदा नेपालसहित सबै राष्ट्रको वरियता यथावत रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा उरुग्वे रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button