इलाममा सुरक्षकर्मीसहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि

इलाम । इलाममा आज एकै दिन छ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
इलाम नगरपालिकाको क्वारेनटिनमा रहेका पाँच जना र क्वारेनटिनको सुरक्षामा खटिएका एक जना सुरक्षा कर्मीको रिर्पोट पोजेटिभ देखिएको इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले बताउनुभयो ।
सङ्क्रमित सबै इलाम नगरपालिकाका रहेका छन् । इलाम नगरपालिका–८ का एक जना , इलाम नगरपालिका–७ का दुई जना , इलाम नगरपालिका–१० का तीन जनामा कोरोना सङ्क्रमण भएको हो ।
उनीहरू मध्ये कुवेत, कतार र ग्रिसबाट एक÷एक जना आएका थिए भने दुई जना भारतबाट गएको असार १७ गते नेपाल आएका थिए । एक जना भने नेपाली सेनाका जवान रहेका छन् ।
सङ्क्रमितहरू १९ वर्षका दुई जना पुरुष, २२ वर्षका दुई जना पुरुष ,४० वर्षका एक जना पुरुष र एक जना ३२ वर्षका पुरुष रहेका छन् ।
सङ्क्रमितहरूलाई आजै मोरङको गोठगाँउमा रहेको कोरोना अस्पतालमा लगिँदै छ ।
यस अघि इलाममा १६ जना कोरोना सङ्क्रमण भएको थियो जसमध्ये १० जना निको भएर घर फर्किएका छन् ।







प्रतिक्रिया राख्नुहोस्