तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रूपमा ल्याउँदै गरेको काठ बरामद

लमजुङ । लमजुङमा बाहिरी जिल्लाबाट अवैध रूपमा ल्याउँदै गरेको काठ प्रहरीले नियन्त्रण गरी वन कार्यालयलाई बुझाएको छ ।

इलाका प्रहरी कार्यालय भोर्लेटारको गस्ती टोलीले मध्ये नेपाल–७ राम बजारबाट सात थान सालको गोलिया, दुई सय ६९ क्यु फिट आँपको काठसहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणपछि आवश्यक कारबाहीका लागि शव डिभिजन वन कार्यालय भोर्लेटारमा बुझाइएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी नायव निरीक्षक दिपक रानाले जानकारी दिनुभयो ।

प्रहरी नायव निरीक्षक रानाको नेतृत्वमा गएको प्रहरी टोलीले ना ५ ख २०६५ नम्बरको ट्रकमा अवैध रूपमा कास्कीबाट लमजुङको रामवजारतर्फ ल्याउँदै गरेको काठ सहित ट्रक चालक राजकुमार श्रेष्ठलाई मङ्गलवार साँझ ६ बजेको समयमा नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button