एकको शव भेटियो

सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिएको घटनमा एक जनाको शव भेटिएको छ ।
प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेलका अनुसार ३५ साङबु शेर्पाको शव भेटिएको हो । गएराति आएको पहिरोले दुई घरमा क्षति गर्दा एक घर पुर्णरुपमा क्षति भएको छ भने एउटा घर आंशिक रुपमा क्षति भएको छ । पूर्ण रुपमा क्षति भएको घरका पाँचजना महिलालार्ई पहिरोले लगेको हो ।बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्