तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि साझाका बस यी रुटमा चल्दै

काठमाडौं – साझा यातायातले आजदेखि प्रारम्भिक चरणमा २६ वटा बस सञ्चालन गर्ने भएको छ।साझाले यसअघि बस चल्दै आएका ८ वटा रुटमा सेवा सुरु गर्न लागेको जनाएको छ। साझाका २६ वटा बसले आजदेखि ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिमकै बीच सरकारको निर्णयअनुसार सेवालाई प्राथमिकता दिएर पूराना सबै रुटमा बस चलाउन लागिएको उहाँको भनाइ छ।लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा साउन १ देखि बस चल्नेछन्, ‘साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर यात्रुलाई सेवा दिनेछ।

 साझा यातायातका बस सञ्चालन हुने रूट

लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क
लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

प्रतिक्रिया राख्नुहोस्

Back to top button