तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा विपतबाट १४ करोड बढीको क्षति

मुगु । गत साउन देखि यो असार मसान्तसम्म मुगु जिल्लामा विभिन्न विपतबाट १४ करोड बढीको धन सम्पती क्षति भएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुले बुधबार बर्षभरी आफुले सम्पादन गरेका काम कारवाहीहरु सार्वजनिक कार्यक्रमको आयोजना गदै चालु आर्थिक वर्षमा मुगु जिल्लामा बाढी पहिरो, आगलागी, चट्याङबाट १४ करोड ६५ लाख ९ हजार ९९० रुपयाँ बराबरको धनमाल क्षति भएको बताईएको हो ।

प्रहरी कार्यालयले सुचनाको हक अन्तरगत कार्यालयबाट सम्पादन भएका काम कारवाहीहरु सरोकारवाला र जन समुदायले थाहा पाउन भनेर तिन तिन महिनामा पालिका स्तर देखि जिल्ला स्तरसम्म सार्वजनिक सुनुवाई गदै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले सार्वजनिक गर्नु भएको प्रहरी कार्यालयको यो बर्षको कार्यसम्पादन अनुसार ९ वटा सार्वजिक सुनुवाई कार्यक्रम ५९ वटा मुददा दर्तामा १२३ जना प्रतिवादी रहेको जानकारी दिनुभयो । यस्तैगरी, ठाडो उजुरीमा १४९ वटा परेको जसमा ४० वटा कुटपिट, २६ वटा लेनदेन, ६० वटा झै झगडा र १२ वटा जीऊ ज्यान सुरक्षा सम्बन्धी रहेका छन ।

प्रनाउ साहका अनुसार यो वर्ष महिला बालबालिका र जेष्ठ नागरिक सम्बन्धी १७ वटा मुद्दा दर्ता थिए । जसमा वहु विवाहका ३, जबरजस्ती करणीका ४, अभद्र व्यवहारका ३, अपराधजन्य १, अपहरण १, बोक्सी आरोप १ र जेष्ठ नागरिक सम्बन्धी ४ मुद्दा रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button