तपाईँ सुन्दै हुनुहुन्छः

एक यूवक तीन दिनपछि मृत अवस्थामा फेला

सप्तरी । सप्तरीमा छिमेकी गाउँमा डाकिएको पञ्चायतीमा गएको एक यूवक मृत अवस्थामा भेटिएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका ३ कचन्दाहा बस्ने ४२ वर्षिय भुवना भन्ने त्रिभुवन राम सोही वडास्थित मुतनी खोला किनारमा मंगलबार साँझ मृत अवस्थामा भेटिएका हुन् ।

जिउँमा चोटपटकको डाम रहेको कारण उहाँलाई कसैले कुटपिट गरी हत्या गरेको हुन सक्ने आंशका गरिएको छ । प्रहरीले भने मृतकको शव मंगलबारै राती पोष्टमार्टमका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पुर्याइसकिएको र पोष्टमार्टम रिपोर्ट पश्चात् मात्र यथार्त सार्वजनिक गर्ने बताएको छ ।

राम छिमेकी गाउँ रुपनीमा पञ्चायतीका लागि जाँदै छु भनेर आइतबार बिहान १० बजेतिर घरबाट निस्केका थिए । उक्त दिन अबेर रातीसम्म उनी घर नफर्किएपछि परिवारजनले खोजीका लागि सोमबार प्रहरीमा निवेदन समेत दिएका थिए ।

खोजीकार्य जारी रहेकै बेला मंगलबार साँझ उहाँको शव मुतनी खोला किनारमा भेटिएको कुरा गाउँलेहरुले खबर गरेपछि पुगेको प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि अस्पताल पुर्याएको प्रहरी निरिक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button