तपाईँ सुन्दै हुनुहुन्छः

चन्दा माग्ने २ जना प्रहरीद्धारा सार्वजनिक

तुलसीपुर । विप्लन समूहको नामबाट व्यापारीसंग आठ लाख रुपैयाँ भन्दा बढी रकम चन्दा माग्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको छ ।

बबई गाउँपालिका–५ हापुरे निवासी गौतम ट्रेडर्सका संचालक निमकान्त गौतमसंग ८ लाख ६५ हजार रकम चन्दा मागेको आरोपमा सोही ठाउँ निबासी २९ बर्षका भास्कर वली र केवल भन्ने कृष्ण वलीलाई सार्वजनिक गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिनुभयो ।

असार २४ गते घरको मुल ढोकामा विप्लव पार्टीको नामबाट ८ लाख ६५ हजार रुपैयाँ तीन दिन भित्र बुझाउने पर्ने भन्दै पत्र छोडेका आरोपीले २६ गते राती तोकेको रकम नदिए सन्तान नै सखाप पारिदिने चेतावनी दिएको प्रहरीले बताएको छ । प्रहरीले केवल लाई सोमबार र भास्करलाई मंगलबार बिहान पक्राउ गरेको थियो । पक्राउ परेका दुबै जनालाई अपराधिक लाभ अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको प्रवक्ता डम्बर पालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button