सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा,हेर्नुहोस् आज कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यमा आज प्रतितोला ६ सय रुपैयाँले बढेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि असार २५ गते छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँले कारोबार भइ रेकर्ड बनाएको थियो ।
चाँदीको मूल्य पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी १,००५ रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।









प्रतिक्रिया राख्नुहोस्