तपाईँ सुन्दै हुनुहुन्छः

इंग्लिस प्रिमियर लिग:चेल्सी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले शीर्ष चारमा रहेर आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने सम्भावना थप बलियो बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा रेलिगेशनमा पर्ने पक्का भएको पुछारको नर्विच सिटीलाई चेल्सीले १–० ले पराजित गरेको हो । चेल्सीको साँघुरो जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ओलिभर जिरउडले गरेको गोल नै निर्णायक बन्यो ।

टीम क्रुलको पासमा जिरउडले हेडमार्फत गोल गरेका हुन् । जितपछि तेस्रो स्थानको चेल्सीको ३६ खेलबाट ६३ अंक भएको छ । चौंथो स्थानको लेस्टर सिटीको ३५ खेलबाट ५९ अंक रहेको छ । पुछारको नर्विचले २१ अंक मात्रै जोडेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button