तपाईँ सुन्दै हुनुहुन्छः

उपसचिव विरुद्ध साँढे चार करोड बढीको भ्रष्टाचार मुुद्धा दायर

काठमाडौं । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले वर्दियाको बाँसगढी नगरपालिका नगरकार्यपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव मनप्रसाद रेग्मीविरुद्ध करिब साँढे चार करोडभन्दा बढीको भ्रष्टाचार मुुद्धा दायर गरेको छ ।

निज रेग्मीले सार्वजनिक सेवामा प्रवेश गरेयता ४ करोड ५४ लाख ३३ हजारभन्दा बढी सम्पत्ति गैरकानुुनी रुपमा आर्जन गरेको पुष्टि भएकाले उनीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुुसार रेग्मीले आफु र श्रीमती पम्फादेवी पाण्डेय, छोरी सन्ध्या रेग्मी समेतका नाममा दर्ता कायम रहने गरी विभिन्न घर जग्गा खरिद, जीवन बिमा प्रिमियम शुल्क, शेयर खरिद, सवारी साधन खरिदलगायत विभिन्न शिर्षकमा सम्पति आर्जन गरेको देखिएकाले उनका श्रीमति र छोरीविरुद्ध समेत आरोपपत्र दायर गरिएको छ ।

त्यस्तै अख्तियारले आजै नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक पदमा कार्यरत रमेश बहादुर सिंहउपर नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा मुुद्धा दायर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button