तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ बाट आज ३८ डिस्चार्ज

विराटनगर । प्रदेश न १ मा आज ३८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा मोरङका १६, उदयपुरका १३, सुनसरीका २, झापाका ५, इलाम र पाँचथरका १–१जना रहेको छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ६ महिला र ७ पुरुष र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ जना पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय४२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button