घुस लिएको आरोपमा नायब सुब्बा समातिए
सप्तरी । व्यहोरा सच्याईदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा राजविराजस्थित जिल्ला मालपोत कार्यालयका नायब सुब्बा मंगलबार समातिएका छन् ।
बिहान ११ः३० बजेतिर जग्गा विवाद सम्बन्धी कागजात मिलाउन पुगेका एक सेवाग्राहीसँग १३ हजार रुँपैया घुस लिएको आरोपमा मुद्दा फाँटका प्रशासन प्रमुख नासु कृष्णबल्लभ ठाकुरलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
अख्तियारका एक पदाधिकारीले सेवाग्राहीसँग रकम माग भएपछि अख्तियारलाई सूचना आएको र सोही आधारमा खटेको टोलीले ठाकुरलाई घुस लिँदै गर्दा पक्राउ बताए ।
पक्राउ परेका ठाकुरलाई आवश्यक प्रक्रिया पश्चात् अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी पुर्याएको आयोगले जनाएको छ ।
पक्राउ परेका ठाकुरले भने आफू घुस नलिएको दाबी गरेका छन् । उनले आफूलाई फसाउन सुनियोजित ढंगले एक सेवाग्राहीले झ्यालमा पैसा राखेको र लगत्तै अख्तियारको टोलीले आएर घुस लिएको भन्दै आफूलाई नियन्त्रणमा लिएको बताए ।








प्रतिक्रिया राख्नुहोस्