तपाईँ सुन्दै हुनुहुन्छः

पौडी खेल्ने क्रममा नदीले बगाउँदा बालक बेपत्ता

 बीरगंज । पौडी खेल्ने क्रममा आज दिउँसो तिलाबे नदीले बगाउँदा बीरगंज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनीका एक १२ बर्षिय बालक बेपत्ता भएका छन् ।

वीरगज महानगरपालिका १९ बिन्दबासीनीका ४ जना बालक नदीमा पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा नदीले बगाउँदा स्थानिय मुकेश साह कलवारको १२ बर्षीय छोरा सुमित कलवार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मनोजित कुँबर ले बताउनुभयो ।

बेपत्ता बालकको खोज तलासका लागि स्थानिय वासिन्दा, जिल्ला विपद् व्यवस्थापन केन्द्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली खटिएको प्रहरी नायव उपरिक्षक कुँवरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button