तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरका ५३ जना कोरोना संक्रमित निको भएर घर फर्कीए

टीकापुर, कैलाली । टीकापुरका ५३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । हिजो र आज गरी २४ जना निको भएर घर गएपछि निको हुनेको संख्या ५३ पुगेको टीकापुर नगरपालिकाले जनाएको छ ।

टीकापुर नगरपालिकाका जम्मा संक्रमित ६९ जना रहेका र ५३ जना निको भएर घर फर्किएपछि अव १६ जना मात्र आइसोलेशनमा रहेका टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वलबहादुर रावलले जानकारी दिनुभयो ।

१६ जना मध्ये ३ जना महिलाको टीकापुर अस्पतालको आइसोलेसन र १३ जनाको टीकापुरको सिटी हलमा निर्माण गरीएको आइसोलेसनमा उपचार भइरहेको शाखा प्रमुख रावलले बताउनुभयो । आइसोलेशनमा भएकाहरुको अवस्था पनि सामान्य रहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button