पहिरोले पुरिएर पुर्व गाविस अध्यक्षको निधन, दुईको उद्धार र ३ बेपत्ता
स्याङ्जा । अबिरल बर्षाका कारण पहिरोले पुरिएर स्याङ्जामा पुर्व गाविस अध्यक्षको निधन भएको छ । कालीगण्डकी गाउँपालिका ४ खहरेमा गएको पहिरोका कारण पुर्व गाविस अध्यक्ष ७० बर्षिय इमान सिहँ रानाको मृत्यु भएको हो ।
पहिरोले पुरीएर तिन जना बेपत्ता भएका छन् भने एक वडा सदस्य सहित दुई जना घाइते भएका छन् । पहिरोबाट अन्य तिन जना प्रेम चन्द्र पाण्डे, टिका थापा र गिमान सिहँ थापा बेपत्ता रहनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहारी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
पहिरोले वडा सदस्य होमनाथ पाण्डे र बिर बहादुर राना घाइते भएका र उहाँहरुको विर्घा स्वास्थ्य चौकीमा उपचार भईरहेको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । बेपत्ता ३ जनाको खोजी तथा उद्धार जारी रहेको प्रहरीले जनाएको छ । गाउँ खानेपानीको समस्याका कारण पानीको मुलमा पुग्नुभएका उहाँहरुलाई माथिबाट खसेको पहिरोले पुरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्