सुनको मूल्य ओरालो, हेर्नुहोस् आज कति पुग्यो ?

काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोलामा १ सय रुपैयाँले घटेर ९२ हजार २ सयमा कारोबार भैरहेको छ
। यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।मंगलबार चाँदी प्रतितोलामा ५ रुपैँयाले बढेर ९ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्