तपाईँ सुन्दै हुनुहुन्छः

उर्जा क्षमता कार्यक्रम अन्तरगत विभिन्न उद्योगलाई अनुदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित उर्जा क्षमता कार्यक्रम अन्तरगत विभिन्न उद्योगहरुलाई अनुदान उपलब्ध गराएको छ ।

बैंकको अनुदान सहयोग कार्यक्रम अन्र्तगत अशोक स्टील इन्डस्ट्रिज प्रा.लि.लाई एक करोड, सीताराम गोकुल मिल्क्स लाई २० लाख, गोइन्का स्टील प्रा.लि. लाई पाँच लाख ६० हजार रुपैंया रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरी उर्जा खपत गरेकोले सहयोग उपलब्ध गराएको बैकले जनाएको छ ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अनुदान सहयोगको चेक उद्योगीहरुलाई हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई पनि उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभयो ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘Energy Efficiency Program Nepal’ आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।

यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button