तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से १३४२.४० विन्दुमा

काठमाडौं । सोमबार नेपाली सेयर बजारको परिसूचक नेप्से २.१२ अंकले बढेर १३४२.४० विन्दुमा पुगेको छ ।

परिसूचक सोमवार कारोबार भएको १५ मिनेटमा बढेर १३५२ विन्दुसम्म पुगेकोमा तीन घण्टापछि घटेर १३३४ विन्दुसम्म झरेको थियो ।

सोमबार पनि लगानीकर्ताहरु लघुवित्तहरुको सेयरमा बढी आकर्षित भए भने बीमाको सेयरमा कम आकर्षित भएका थिए ।

कम सेयर मूल्य भएका कम्पनीहरुको मूल्य भने ५ प्रतिशतसम्म घटेको छ । सबैभन्दा धेरै अंकित मूल्य भन्दा कम मूल्य भएका जलविद्युत कम्पनीहरुको सेयर घटेको छ ।

सोमबार सेयर कारोबार सुरु भएदेखि नै कारोबार रकम बढेको थियो । साँढे १२ बजेतिर ४० करोड भन्दा बढीको सेयर कारोबार भएको थियो भने तीन बज्न १५ मिनेट अघि नै १ अर्वको सेयर कारोबार भइसकेको थियो ।

प्रभु बैंकको संस्थापकको १० करोड ७२ लाख र नेपाल पुनर्बीमा कम्पनीको १० करोड २८ लाख माथिको कारोबार भएकाले कारोबार रकम अर्ब नाघेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button