तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोको उच्च जोखिममा परेका ७३ घर सारियो

संखुवासभा । संखुवासभामा सिलिचोङ सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको वेसिन्दा पहिरोको उच्च जोखिम भएका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । ७३ घरका ३ सय ५० जनाभन्दा बढीलाई सिसुवा नजिकैको चित्रेमा सारिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिनुभयो ।

बेसिन्दा गाउँलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित सारेको हो । पहिरोको उच्च जोखिम भएका परिवार र बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयबासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेनाले खोजी गरिरहेकोे भए पनि कोही पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयका संखुवासभाले जनाएको छ ।

पहिरोले उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको थियो । विस्थापित भएका परिवारलाई नेपाली सेनाको हेलिकप्टबाट सोमबार राहत सामाग्री पुर्याइको छ ।

वेपत्ताको खोजि कार्य जारी रहेको जनाइएको छ । बेपत्ताको खोजीका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ, भने जनपथ प्रहरी १५ जना र सशस्त्र प्रहरी १५ जना घटनास्थलमा पुगेर खोजि कार्य जारी राखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button