तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा थप २७ जनामा कोरोनाको पुष्टि

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न गाउँपालिकामा रहेको क्वारेन्टाईनमा भारतवाट आएर बस्नेको पिसिआर परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रिय अस्पताल विरगञ्जमा गरिईएको परीक्षणमा धनौजी गाउँपालिकामा १ जना, कमला नगरपालिकामा ३ जना, जनकनन्दनी गाउँपालिकामा ९ जना, जनकपुरमा १, मुखीयापट्टी गाउँपालिकामा १ र शहिद नगरनगरपालिकामा ८, वटेश्वर गाउँपालिकामा ४ जनामा जनामा कोरोना संक्रमणको पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनु भयो ।

संक्रमित सबै जनालाई धनुषाको सपहीमा नेपाली सेनाको अगुवाईमा सञ्चालनमा रहेको आईसोलेशनमा ल्याउने काम भएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनु भयो ।

यसैगरी प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा धनुषा स्वास्थ्य कार्यालयको सहयोगमा धनुषा जिल्लाको विभिन्न क्वारेन्टाईनहरुमा रहेकोहरुको पी सी आर परीक्षणका लागि स्वावको संकलन गर्ने कामकाज आज भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button