प्रदेश १ मा ३३ कोरोना संक्रमित डिस्चार्ज
विराटनगर । प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत ३३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
डिस्चार्ज हुनेमा झापाका २०, मोरङका ५, संखुवासभाका ३, सुनसरी र खोटाङका २–२ र ताप्लेजुङका १ पुरुष डिस्चार्ज भएका हुन ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्