कैलालीमा कोरोना सक्रमितको संख्या १ हजार नाघ्यो

धनगढी । कैलालीमा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै कैलालीमा कोरोना संक्रमितको संख्या १ हजार ६ पुगेको छ ।
आज सेती प्रादेशिक अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा टिकापुर नगरपालिकामा ६ र गोदावरी नगरपालिकामा ४ गरी १० जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै अछाममा एक जनामा समेत कोरोना संक्रमण पुष्टी भएको उहाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्