तपाईँ सुन्दै हुनुहुन्छः

दाङ र बर्दियाका चार जनामा कोरोना सङ्क्रमण

नेपालगञ्ज । नेपालगन्जको भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा दाङ र बर्दियाका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दाङको गढवा गाउँपालिकाका दुई जना तथा बर्दियाको बढैयाताल गाउँपालिका र मधुवन नगरपालिकाका एक /एक  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत ४८ घण्टामा आठ सय स्वाब परीक्षण गरिँदा चार जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button