खोलाले बगाउँदा एक जनाको मृत्यु
मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ९, सिपाखोलाले बगाउँदा आज एक जना पुरुषको ज्यान गएको छ ।
आफ्नो खेतमा धान काट्न गएका इन्द्रावती – ९ का ५७ वर्षीय धावा लामाको ज्यान गएको सो वडाका वडाध्यक्ष बाबुराम लामाले बताउनुभयो ।
खोलाले बगाएको स्थानभन्दा केही तल नै उनको लाससमेत फेला परिसकेको वडाध्यक्ष लामाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्