तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा पहिरो : एकको शव भेटियो, ४ जना बेपत्ता

पर्वत । तनहुँमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अरु ४ जना बेपत्ता भएका छन् । अविरल वर्षा संगै जिल्लाको ऋषिङ गाउँपालिका– ८ भैँसीकिलेमा गएराती साढे १२ बजे पहिरो गएको हो ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार पहिरोमा बेपत्ता भएका २८ वर्षिय भेषबहादुर थापाको शव फेला परेको छ ।
श्रेष्ठका अनुसार पहिरोमा १८ वर्षका मनिसरा थापा, २० वर्षका महादेब थापा, र ६ वर्षका अमिसा थापा पुरिएका छन् । १७ वर्षकी ज्योतीमाया थापाको भने जिवितै उद्धार गरिएको छ । अहिले पहिरो गएको क्षेत्रमा बेपत्ता भएकाहरुको खोजी कार्य भैरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button