तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ मा कोरोना भाइरस जित्नेको संख्या बढि


रुपन्देही । प्रदेश ५ मा कोरोना भाइरस जित्नेको संख्या बढिरहेको छ । संक्रमितको संख्या ४ हजार ६४ पुग्दा कोरोना जित्नेको संख्या २ हजार ६ सय ५२ पुगेको छ ।

प्रदेश ५ मा कोरोना भाइरको हटस्पटजस्तै बनेका कपिलवस्तु र बाँकेका अधिकांश संक्रमित निको भएर घर फर्किसकेका छन् । पछिल्लो समय पाल्पामा संक्रमित बढेको भएपनि निको हुनेको संख्या पनि बढिरहेको छ । कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा हालसम्म १३ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ५२ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशभर १ हजार २ सय ९९ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । प्रदेश ५ का क्वारेन्टाइनहरूमा अझै ५ हजार १ सय ९९ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button