कोशी ब्यारेजमा पानीको बहाव घट्न थाल्यो
सुनसरी । सुनसरीको सप्तकोशी नदीमा पानीकोे बहाव घट्न थालेको छ ।
कोशी ब्यारेज कन्ट्रोल मका अनुसार कोशी व्यारेज कन्ट्रोल रुमले बिहान २ लाख ७५ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको बहाव साँझ ६ बजेको मापन अनुसार घटेर २ लाख ३२ हजार ९५ क्यूसेकमा झरेको छ ।
अहिले ३३ वटा ढोका खोलिएका छन् ।
बाढी मापन केन्द्र चतराका अनुसार यतिबेला पानीको तह ५ दशमलव ३४ मिटरमा छ ।
सुनसरीका प्रहरी प्रमुख कमल थापाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै सम्भावित विपतलाई मध्यनजर गर्दै सावधानी सहितको पूर्वतयारी अपनाइएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्