तपाईँ सुन्दै हुनुहुन्छः

सिङ्गापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

सिंगापुर – सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ । सत्तारुढ दल पिपल्स एक्सन पार्टी ९पिएपी० ले नै निर्वाचन मार्फत् फेरी सत्ता सञ्चालनको जनादेश पाएको हो ।

कुल खसेको मत मध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी ९डब्लुपी०ले १० मात्रै सिटमा जित्न सफल भएको छ ।

निर्वाचनको नतिजा औपचारिक रुपमा घोषणा भएपछि सत्तारुढ दलले फेरी सरकार गठनका लागि गृहकार्य गर्ने साउथ चाइना मर्निङ्ग पोष्टले लेखेको छ ।

अहिले सत्तामा रहेको दल सन् १९५९ देखि सत्तामा रहदै आएको छ । अहिले भएको निर्वाचनमा कुल मतदातामध्ये ६१।२४ प्रतिशत मात्रै मतदाता सहभागी भएका थिए ।

आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङ्गले नतिजालाई सकारात्मक र सन्तोषजनक रुपमा लिएको बताउनुभएको छ । यसलाई अति ठूलो उपलब्धिको रुपमा लिनुपर्ने अवस्था नरहेको यो अनपेक्षित नतिजा नभउकोे उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अहिले जुन मत हाम्रो पक्षमा आएको छ, त्यो एकदमै बलियो मतादेश हैन, मैले त्योभन्दा धेरै आउला भन्ने आशा गरेको थिए, तर पनि राम्रो चाहिं भएको छ ।”

उहाँले आफ्नो पक्षमा आएको ६१ प्रतिशत मत लोकप्रिय मत नै भएको र यसको पूर्ण आदर गर्ने पनि बताउनुभयो ।

सत्तारुढ दल पिएपीले यसअघि सन् २०१५ मा ६९।९ प्रतिशत मत ल्याएकोमा अहिले ८।७ प्रतिशत घटेर ६१।२४ प्रतिशत मात्रै ल्याएको हो ।

मतदानका लागि सामाजिक दुरी कायम राखेर मतदान गर्ने व्यवस्था गरिएको थियो भने कोरानाभाइरसका लागि अपनाउनु पर्ने अन्य सतर्कताहरु अपनाउन पनि लगाइएको थियो ।

देशभरी मतदानका लागि यसअघि ८८० मतदान केन्द्रहरु रहेकोमा यस पटक बढाएर ११ सय पुर्याइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button