तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोशीमा पानीको बहाव बढेसँगै रातो बत्ती बालियो

सुनसरी । सप्तकोशीमा पानीको सतह बढेसँगै खतरा बढेको छ । सप्तकोसी ब्यारेजमा पानीको सतहले खतराको तह पार गरेपछि रातो बत्ती बालिएसँगै दुवै तिर रातो झण्डा राखिएको छ ।

कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पानीको सतह बढ्न थालेसँगै खतराको तह पार गरेकाले खतराको सङ्केत राखिएको हो ।

बिहान साढे १० बजे गरेको मापन अनुसार प्रति सेकेन्ड दुई लाख ६६ हजार ६५ क्युसेक पानीको बहाव रहेको छ ।

कोसी ब्यारेजमा पानीको सतह बढे लगतै ३६ वटा ढोका खुल्ला गरी पानी निकास दिने काम जारी रहेको छ भने सुरक्षा कर्मचारीहरूलाई हाईअर्लटमा राखिएको जनाइएको छ ।

कोसी ब्यारेज कन्ट्रोल रुमले एक लाख ५० हजार प्रति सेकेन्ड पानीको वहाव बढेपछि खतराको स्वरूप रातो बत्ती झन्डा र दुई लाख क्युसेक पानीको सतह बढेपछि खतराको सकेतका रूपमा रातो बत्ती बाल्ने गरेको छ ।

त्यस्तै पानीको बहाव तीन खाल नाघेपछि बिचमा समेत रातो झन्डा राखेर खतराको संकेत  दिइन्छ । केही दिनदेखि अविरल परेको वर्षका कारण अहिले सप्तकोसीमा पानीको बहाव बढ्दै गएको हो ।

यसैबिच सप्तकोसीको भेलमा दाउरा सङ्कलन गर्नेको समेत घुइँचो लाग्ने गरेको छ । प्रायजसो बर्षायाममा सप्तकोसी नदिले बगाएर ल्याउने दाउरा सङ्कलन गरेर गुजारा चलाउनेहरू भने हर्षित देखिन्छ । उनीहरू जोखिम नै मोलेर भए पनि भेलबाट दाउरा सङ्कलन गरी बेचेर गुजारा चलाउँदै आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button