तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा दुई जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज  । बाँकेमा आज दुई जना कोरोना सङ्क्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का ३२ र ३४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ७४ पुगेको छ । हालसम्म तीन सय ५० जना निको हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button