लगातारको वर्षाले प्रदेश २ को जनजीवन प्रभावित
जनकपुरधाम। विगत तीन दिन देखि परेको वर्षाका कारणले प्रदेश नं २ को विभिन्न जिल्लाको जनजीवन झनै प्रभावित बनेको छ ।लगातारको वर्षाका कारणले धनुषाको जनकनन्दनी गाउँपालिका, मुखियापट्टी गाउँपालिकाका केही वडाहरु जलमग्न भएका छन् भने मिथिला नगरपालिकाको वडा नंं ११ तल्लो तुलसीमा रातो तथा सुन्दरी खोलाले कटान गरेपछि सो वडाका २ सय परिवार जोखिममा परेका छन् ।
यसै बीच तुलसीका विष्णु पाण्डेलाई रातो खोलामा आएको बढीले बगाएको छ । रोपाई गरेर घर फर्किने क्रममा ३ जनालाई बगाएपनि दुई जना लाई स्थानीय बाँसीले रातो खेलाको पुलमा आएर उद्धार गरेको छन् । मोडल अस्पताल लालगढमा उपचाका लागि भर्ना गरेको स्थानीय राजु कार्कीले जानकारी दिनुभयो ।
वर्षा नरोकिएका कारणले सडकहरुमा पानी तथा हिलो जमेका कारणले आवत जावतमा कठिनाई उत्पन्न भएको छ ।यसै गरि प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधामको केही वडाहरु जगमग्न भएको छ । वर्षा नरोकिएकाल वडा नंं ३, ४, ७, ८, ९, १३, १५ का केही घरमा पानी पसेकोे छ ।
लगातारको वर्षाका कारणले ढलको उचित निकास नभएका कारणले केही व्यक्तिको घरमा दुई फिटसम्म पानी जमेका कारणले वडा नंं १३ पिडारीका केही व्यक्ति अर्काको घरमा वस्नका लागि विवस रहेका छन् । वर्षा नरोकिएको र पानीको जलस्तर बढी रहेकाले थप केही घरहरु डुवानमा पर्ने खतरा रहेको वडा नंं १३ का वडाप्रमुख शुभनारायढ मण्डलले जानकारी दिनु भयो ।
यसै गरि वडा नंं ८ का नेपाल रेडक्रस जानकी आँखा अस्पताल, रत्नसागर स्थान क्षेत्र, वैकुण्ड नगर, वाल्मिकी नगरको पश्चिम भागका दर्जनौ घर तथा आङ्गनमा पानी पसेका कारणले जनजीजन कष्टकर बनेको जनकपुरधाम वडा नंं ८ का पिडित रामनरेश उपाध्यायले जानकारी दिनु भयो ।
जनकपुरधामको केही सरकारी कार्यालय क्षेत्रमा आज पनि पानी जमेको कारणले सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । खास गरेर भेटेरिनरी अस्पताल, जिल्ला हुलाक, घरेलु तथा साना उद्योग कार्यालय, डिभिजन वन कार्यालय, टिम्बर कर्पोरेशन सहितको कार्यालय परिसरमा पानी जमेको छ ।
स्थानीय बाँसीले यस विषयमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रिता कुमारी मिश्र लाई पटक पटक जानकारी दिदा पनि वेवास्ता गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का पूर्व वडा सदस्य मोहन उपाध्यायले जानकारी दिनु भयो ।
खास गरेर सडकमा नै तीन फिटसम्म पानी जमेका कारणले उपमहानगरपालिकाको ज्ञानकूप विद्यालय देखि वाल्मिकी चौक जाने बाटो, ज्ञानकूप देखि विहार कुण्ड हुदै रामानन्द चौक जाने वाटो बन्द रहेको छ । पानीको निकासको व्यवस्था नमिलाएको खण्डमा धेरैको घर भासिने तथा भत्किने खतरा रहेको स्थानीय बाँसीले जानकारी दिनुभयो ।
अहिले ६ लेन सडक आयोजनाको कामकाज भईरहेकाले सडकमा ढल बनी नसकेका कारणले राजमार्गक्षेत्रको पानी पनि यसै क्षेत्रवाट वग्ने गरेका कारणले समस्या भएको छ । पुराना नलाहरु पुरेर व्यक्ति विषेशले हड्ने काम पनि गरेका छन् ।
उता लगातारको वर्षाका कारणले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर, मलिवाडा, सुगा सहितको क्षेत्र डुवानमा परेका छन् । अहिले सो सडक भएर आवत जावतमा कठिनाई उत्पन्न भएको छ ।
सर्लाही जिल्लाको सदरमुकाम मलंगवा सहितको क्षेत्रमा पानी जमेको छ । धनुषा तथा सिरहाको सिमाना भएर वग्ने कमला, विगही, रातो, जमुनी सहितको खोलामा पानी बढी रहेको छ । महोत्तरीको रातो, वलुवा सहितको खोलामा बढी रहेको छ ।
सर्लाही तथा रौतहटको सीमा भएर वग्ने वागमति, झाझ सहितको नदिमा नजस्तर बढी रहेको २ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हालसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । खोला तथा नदि किनारका व्यक्तिलाई उच्च सतर्कता सहित वस्नका लागि सूचना प्रहरीले गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्