कोशी व्यारेजमा पानीको बहाव यो वर्षकै उच्च,५६ वटा ढोकामध्ये ३० वटा ढोका खुल्ला

सुनसरी। पहाडी भेगमा लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार कोशी व्यारेज कन्ट्रोल रुमले बिहान १० बजेर ३० मिनेटमा गरेको मापन अनुसार प्रति सेकेण्ड २ लाख ७ हजार क्युसेक पानीको वहाव रहेको छ ।कोशी व्यारेजमा पानीको सतहले आज बिहानदेखी खतराको तह पार गरेपछि रातो बत्ती र झण्डा राखिएको छ ।
कोशी व्यारेजमा पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये ३० वटा ढोका खुल्ला गरिएको छ ।कर्मचारीहरुलाई हाईअर्लटमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्