तपाईँ सुन्दै हुनुहुन्छः

राजश्व चुहावट गरेको अभियोगमा विभिन्न कम्पनी विरुद्ध ७७ करोड बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनी विरुद्ध ७७ करोड चार लाख रुपैयाँ बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीहरुविरुद्ध बिगो असुल गरी सोही बराबरको जरिवाना र कैद सजायको माग दाबीसहित राजश्व अनुसन्धान विभागले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजश्व छली गर्ने न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेजलाई एक करोड ७० लाख १९ हजार रुपैयाँ बिगो कायम गरी उक्त बिगो असुलउपर गरी गराई जरिवाना र कैदको माग दाबीसहित बुधबार मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताउनुभयो ।

यस्तै काठमाडौँ महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोवार गर्ने समर ट्रेडर्स, ललितपुर महानगरपालिका–३ स्थित न्यूक्रियसन इम्पेक्स प्रालि, बङ्गलामुखी ट्रेड एण्ड सप्लाई र काठमाडौँ महानगरपालिका २८ स्थित बिएस ट्रेड इन्टरनेशनले झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा बिगो असुल गरी विगो बराबरको जरिवाना तथा कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको विभागका महानिर्देशक मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button