स्याङ्जाका झण्डै सय जना कोरोना मुक्त भए

स्याङ्जा । स्याङ्जामा कोरोना निको हुनेको संख्या बढिरहेको छ । कुनै समय गण्डकी प्रदेशकै हटस्पट् बनेको स्याङ्जामा विगत ३ दिनदेखि सक्रमित थपिएका छैनन् । थपिने संख्यामा समेत कमी आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, ‘कोरोना सक्रमण भएर सन्चो हुने बढेका छन । सन्चो हुनेको संख्या बढ्दै छ सक्रमित लगातार ३ दिनदेखि थपिएका छैनन् ।’
विहिबार स्याङ्जामा थप २६ जना कोरोना निको भएर घर फर्किएका छन् । निको हुनेहरुमा गल्याङ्का १४ जना, कालिगण्डकीका ६ जना र चापाकोटका ६ रहेका छन् । गल्याङ् अस्पतालको आइसोलेसनमा रहेका कोरोना सङक्रमितको पीसीआर परीक्षण नेगेटिभ आएपछि घर फिर्ता भएका हुन । जिल्लामा अहिले कोरोना सक्रमण भएर निको हुनेको संख्या ९९ पुगेको छ । बिहिबार कोरोना निको भएर घर फर्किनेमा समुदायका तिन जना रहेका छन् भने अन्य भारतबाट आएका रहेका छन । क्वारेन्टाईनमा बसेको ५ दिनपुरा भएपछि स्वाब लिने गरिन्छ । सामान्यतय ५ देखि १० दिनभित्रमै स्वाब लिने र परिक्षणका लागी पठाईने गरिएको प्रमुख शर्माले बताउनुभयो । भारतबाट आउने घटेसंगै सक्रमितहरु समेत घटेका छन् । पछिल्लो समय क्वारेन्टाईनमा समेत थप व्यवस्थापन क्वारेन्टाईनमा बस्नेको संख्या कम भएसंगै सक्रमित थपिने क्रम घटेको बताईएको छ ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमितहरु १८२ जना पुरुष र ६ महिला गरी १८८ रहेका छन । जसमा २ जना सक्रमितको निधन भईसकेको छ । सङक्रमितहरु मध्ये अब कालिका सामुदायिक अस्पताल हेलुमा ५३ जना, गल्याङ् नगर अस्पतालमा १२ जना, कुँवर समाज हल वालिङमा १९ जना, करेन्टडाँडा स्वास्थ्य चौकीमा एक जना र पोखरामा दुई जना गरी ८७ जना आइसोलसनमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्