तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रबिसे नगरपालिकाको जम्बु को १५ घर बगायो,केही बेपत्ता

मेलम्ची । गए रातीदेखिको अबिरल बर्षाले बाह्रबिसेदेखि तातोपानि क्षेत्रका विभिन्न ठाँउमा क्षति पुर्याएकोे छ । उद्धारकालागि निस्किएको नेपाली सेना प्रहरि पनि जम्बु सम्मपनि पुग्न नसक्ने अबस्था भएकोले स्थानियले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।
अविरल वर्षाको कारण वाह्रविसे नगरपालिकाको जम्वुका ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर वगाएको र केही व्याक्ति सम्पर्क विहिन भएका छन ।

वाह्रविसे नगरपालिका उपप्रमुख शुसिला पाख्रिनले वताए अनुसार वर्षाले कति क्षति भयो भन्ने एकिन हुन सकेको छैन । वाह्रविसेको् खोसानीवारी भन्दा माथितिर जान सकिरहेको छैन । टेलिफोन अवरुद्ध भएको पाख्रिनले वताउनुभयो ।

खोला सडकमाथि हिडिरहेको छ । उद्धारको लागि जान सक्ने अवस्था नै छैन उहाँले बताउनुभयो । निरन्तर पानी परिरहेको छ । पहिरोहरु आएको छ । भोटेकोसी नदिको वहाव वढ्नाले आसपासका नागरिकहरु त्रसित वनेका छन । सवैलाई सुरक्षित स्थानमा जान उपप्रमुख पाख्रिनले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button