तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा एक जनाको मृत्यु

सल्यान । सल्यानमा खोलाले बगाउँदा एक वृद्धाको ज्यान गएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका ६ सिन्वाङ निवासी ७१ वर्षीय पूर्ण बहादुर महताराको स्थानीय भुर खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मंगलबार छोरीको घरबाट आफ्नो घर फर्किदै गरेका महताराको बुधबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

स्थानीयले खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेको र शवको पोष्ट पार्टमका लागि सल्याान जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button