प्रदेश १ मा थप ४९ संक्रमित डिस्चार्ज
विराटनगर । प्रदेश न १ मा आज ४९ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ३९ पुरुष र १० महिला रहेका छन् ।
यो सहित प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्