तपाईँ सुन्दै हुनुहुन्छः

पेन्सन बुझ्न भारत गएका १ बृद्धको मृत्यू

बैतडी । ३ दिनका लागी सिमानाका खुले सगैँ पेन्सन बुझ्न भारत पुगेका बैतडीका एक नागरिकको बुधवार उतै मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ८ त्रिपुराका ८३ बर्षीय धनसिंह रावल रहेका छन् ।

पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइनमा बसेकै बेला ढलेका रावलको केहि समयमै मृत्यु भएको हो । रावलको उपचारको लागि ल्याउदैं गर्दा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो ।

मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासका रोगी रहेको पारिवारिक श्रोतले जनाएको छ । रावलको कोरोना परिक्षण गर्न परिवारले नमानेकोले स्वाब संकलन पनि नगरिने प्रहरी नायव उपरिक्षक अधिकारीको भनाई छ ।

मृतकको शव परिवारको जिम्मा लगाईएको छ । मृतक रावल भारतीय सेनाबाट सेवानिवृत्त रहेका थिए । बुधबार नेपाल–भारत दुबै देशका जिल्ला प्रशासनको समन्वयमा झुलाघाट नाका खुला गर्ने सहमति भएपछि रावलसहित भारतीय पेन्सनधारी नेपाली नागरिक झुलाघाट पुगेका थिए ।

सीमा नाका बुधबारदेखि शुक्रबारसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button