तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा नौ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

नेपालगन्ज  । बाँकेमा आज थप नौ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।

बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्रबाट बैजनाथ गाउँपालिकाका सात  जना र आइसोलेसन केन्द्र पिपिरीबाट कोहलपुर नगरपालिकाका दुई जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन सय ४८ पुगेको छ ।

बाँकेमा अब १८ जना मात्र आइसोलेसनमा छन् । जिल्लामा तीन सय ६८ जनामा सङ्क्रमण पुष्टि हुँदा दुई जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button