सामुहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा ५ सामुहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् ।
गत जेठ २६ गते तिलोत्तमा १० कान्छिबजार मैनहवास्थित गंगादेवी कृषि फर्ममा ५ जनाको सामुहिक हत्या भएको थियो । प्रहरीले हत्याकाण्डमा संलग्न भएको आशंकामा सोही फर्ममा काम गर्ने सुर्खेतका झसेन्द्रबहादुर सिंजालीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । पक्राउपछि सिंजालीले आफूले नै पांचैजनाको हत्या गरेको स्वीकार गरेपछि सिञ्जालीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ ।
मुद्दामाथि भएको बहसपछि अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी गंगा अधिकारीले जानकारी दिनुभयो ।
सो फर्ममा काम गर्ने रुपन्देहीकै सैनामैना नगरपालिका वडा नं. ५ का ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने पोषराज मुसहर तथा स्थानीय करण चौधरी र आशीष चौधरीको सामुहिक हत्या भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्