धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गर्ने व्यक्ति पक्राउ

कञ्चनपुर ।कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेर फरार रहेका ४१ वर्षीय गोरे भन्ने गौरव बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
असार २० गते शनिबार राति करीब १०ः४० बजेतिर पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा आफ्नै छिमेकी ४७ वर्षीय गोपाल कुँवरको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेर उनी फरार भएका थिए ।
प्रहरीले उनको खोजी गर्दै जाँदा सोमबार बिहान ०४ः३० बजेतिर पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित लुकीछिपी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्