गन्नीगाड खोलाले १२ कल्भर्ट बगायो, बस्ती जोखिममा
बैतडी । वर्षा शुरु भएसंगै बैतडीका विभिन्न स्थानमा बाढी पहिरोले समस्या निम्त्याएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं १ का विभिन्न स्थानमा गन्नी गाड खोलाले १२ कल्भर्ट बगाएको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीले बताउनुभयो ।
शनिबार राती र शुक्रबार राती भएको वर्षाका कारण खोलामा आएको बाढीले क्षति पुर्याएको हो । खोलामा आएको बाढीले गाउँमा जाने कल्भर्ट बगाएको छ । वडा नं १ को बडम, सेल्तडा, रामला, डुडेपानी लगायतका क्षेत्रमा पहिरो समेत खसेका स्थानियले बताएका छन् ।
वडा नं १ मा साना साना पहिरो पनि खसेका र ती पहिरोबाट १५ घर जोखिममा परेका छन् ।
पहिरोले गाउँमा खानेपानी बगाएको छ भने घरहरु पनि जोखिममा परेका स्थानीय मानसिंह रानाले बताउनुभयो ।
डिलाशैनी वडा न. १ मा मात्रै ५० लाख बढीको क्षति भएको डिलाशैनी गाउँपालिकाले जनाएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताउनुभयो ।
यस्तै खोला बढेर घरमा पानि आएका कारण पाटन नागरपालिका ६ का बिरसिंह खत्रि, लालसिहं खत्रि र हर्क बहादुर चन्द घर जोखीममा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्