झापा र सुनसरीबाट लागू औषधसहित पाँच जना पक्राउ

झापा । झापा र सुनसरीबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक–५ मा डेरा गरी बस्दै आएका तीन जना लागु औषध खैरोहिराईन बाउ सुगरसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दमक–९ का ३२ वर्षीय रबिन कुँवर, इलाम घर भई दमक–५ मा बस्ने १९ बर्षीया मनीषा राई र ताप्लेजुङ घर भई दमक–८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ रहेका छन् ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गए राती १० बजे उनीहरूलाई कोठाबाट १७ ग्राम बाउ सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको देवानगंज ३ पाँचौँ सिमरबाट गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवानगंज–३ का ४३ वर्षीय चुनिलाल सरदार रहेका छन् । को२ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा आटोमा लुकाई छिपाई राखिएको १८ केजी गाँजा बरामद गरी चालक सरदार समेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै सुनसरीको धरान–७ स्थितमा डेरा गरी बस्दै आएका ४४ वर्षीय किसन श्रेष्ठ लागु औषधसहित पक्राउ परेका छन् । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा श्रेष्ठको कोठामा खानतलासी गर्ने क्रममा ६ बोतल डाईलेक्स, जिसी ५५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाईट्राजेपान, १ थान हतियार र नगद एक लाख ९२ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनामाथि कानुनी कारबाहीका लागि प्रक्रिया अगाडी बढाइएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक दिपक पोख्रेलले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्