तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा बिबाद :अध्यक्षद्वयओली र प्रचण्ड बीच छलफल जारि

काठमाडौँ- पार्टीभित्र देखिएको समस्या समाधान गरी पार्टीलाई एकताबद्ध राख्न नेपाल कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल भईरहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरु एक्लाएक्लै छलफल गरिरहनुभएको छ ।

नेकपा स्थायी समितिको मंगलबार बसेको बैठक निर्धारित कार्यसूची भन्दा भिन्न, असार १४ गते मदन जयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुलाई पदबाट हटाउन विभिन्न शक्तिहरु लागेको भनी दिनुभएको अभिव्यक्तिमा केन्द्रित भएपछि विवाद देखिदै आएको छ ।

मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले हिजो साँझ ५ बजेदेखि संघीय संसदको दुबै सदनको अधिवेशन अन्त्य गरेपछि स्थायी समिति बैठकले नयाँ मोड लिएको छ । हिजो साँझ केहीबेर मात्र बसेको स्थायी समिति बैठकमा नेताहरुले पार्टीको विवाद समाधान गर्न अध्यक्षद्वयलाई जिम्मा दिएपछि आज दुबै अध्यक्षबीच छलफल भईरहेको हो ।

यसैबीच, पार्टी विवाद नचर्काउन र पार्टी विभाजन हुन नदिन नेकपाका दोस्रो तहका नेताहरु सक्रिय हुनुभएको छ । आज विहान मन्त्रिनिवास पुल्चोकमा दोस्रो तहका नेताहरुबीच छलफल भएको हो ।नेकपा स्थायी समितिको बैठक भोलि ११ बजे बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button