तपाईँ सुन्दै हुनुहुन्छः

पिसीआर रिपोर्ट आउन ढिला हुदा क्वारेन्टाइनबाट भाग्न खोज्दै

बझाङ । जिल्लाको बुंगल नगरपालिकाका विभिन्न क्यारेन्टाइममा रहेका व्यक्तिहरुको पिसीआर रिपोर्ट नआए पछि उनिहरु घर जानका लागि दवाव दिन थालेका ।

असार २ गते त्यहाँका २ सय २ जनाको स्वाव संकलन गरि प्रदेश प्रयोगशालामा पठाएको भएपनि दुई साता सम्म पिसीआर रिपोर्ट नआउदाँ उनिहरुले भागेर घर जाने दवाव दिन थालेका बुंगल नगरपालिकाका मेयर धन बहादुर विष्टले वताए । स्वाव परिक्षणका लागी किट स्वास्थयकर्मी सहित नगरपालिकाबाटै उपलव्ध गरेको थियो तर परिक्षण गर्न प्रदेश प्रयोगशालाले ढिला गरेको हुदाँ क्यारेन्टाइममा बसेकाहरुले आफुलाई हैरान पारेको वताए ।

उता थलारा गाँउपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्ययाले पनि पिसीआर रिपोर्ट प्रदेश प्रयोगशाला वाट ढिला आउदाँ समस्या भएको वताए । बझाडमा पिसीआर मेसिन खरिदका लागी पहल भएपनि अहिले सम्म रकम जम्मा हुन नसक्दा काम अगाडी बढेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button