तपाईँ सुन्दै हुनुहुन्छः

पर्खाल भत्किदा बालको मृत्यु


राजविराज । सप्तरीको खडक नगरपालिका–१ मा आज बिहीबार सडक निर्माण गर्ने क्रममा पर्खाल भत्किएर एक बालकको मृत्यु भएको छ । सडकमा रोलर चलाएपछि पर्खाल भत्किएर नोखो मण्डलका १० वर्षीय छोरा उमेश मण्डलको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटना पश्चात आक्रोशित स्थानीयहरुले सडकमै शव राखेर प्रदर्शनमा उत्रिएका छन् । जनप्रतिनिधिहरुको असार महिनामा काम गर्ने शैलीका कारण बालकको मृत्युु भएकोले वडाध्यक्ष सिंघेश्वर मण्डलसहित उपभोक्ता समितिलाई कारबाही हुनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै स्थानीयहरुले प्रदर्शन थालेका हुन् ।

उनीहरुले माग सम्बोधन नभएसम्म सडकबाट शव नउठाउने स्थानिहरुले अडान लिएका छन् । घटनास्थलमा पुगेका ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक रामराजा केशरीले आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button