तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एकै दिन एक सय २५ जनामा कोरोना सङ्क्रमण देखिएसँगै उच्च सतर्कता

अछाम । अछाममा हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यहाँ एकै दिन १ सय २५ जनामा एकैदिन कोराना संक्रमण देखिएको हो । संक्रमितको संख्या  बढेसँगै यहाँ थप सुरक्षा र सतर्कता बढाईएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गरि बुधबार १ सय २५ जना नयाँ संक्रमित फेला परेका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा १० महिला र ४९ पुरुष गरी ५९ जना र विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १५ महिला र ५१ पुष गरी ६६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । तत्पश्चात जिल्लामा सुरक्षा सतर्कता बढाईएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

‘पहिले पनि सुरक्षा सतर्कता नै कायम थियो, तर संक्रमितको संख्या बढ्दै गएपछि हामीले पनि रणनीति परिवर्तन गर्दै संक्रमितको उपचार, अनावश्यक भिडभाड न्यूनीकरण, संक्रमित क्षेत्रलाई शील गर्ने लगायतका कार्य गर्दै आएका छौ ।’ प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

यो सहित अछाममा कोरोना संक्रमितको संख्या ३ सय १५ समेत पुगेको छ । २७ जना निको भई घर फर्केका जिल्ला स्वास्थ्य कार्यालय अछामको सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो । अछाममा हालसम्ममा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button